नेपाल सामरिक सैन्य रणनीतिमा जान सक्दैन,‘च्याप्टर क्लोज’


संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ ।

बैठकमा उपस्थित परराष्ट्र मन्त्री खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालको हितमा नभएको स्पष्ट पार्दे नेपाललाई स्वीकार्य नभएको बताए ।“यो नेपालको हितमा छैन, स्वीकार्य पनि छैन,” उनले भने । उनले यसबारेमा प्रधानमन्त्री, गृहमन्त्री र जंगी अड्डाले पनि स्पष्ट पारेकाले थप बहस गर्नुको औचित्य नरहेको बताए ।

“नेपाल भूराजनीतिमा अति संवेदनशील छ, संयुक्त राष्ट्र संघको सदस्य पनि भएकाले यस्ता कुनै पनि प्रकारको सामरिक सैन्य रणनीतिमा जान सक्दैन,” उनले भने, “यसको च्याप्टर क्लोज भयो भइसक्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *