चीनमा ११ हजार भन्दा धेरै सरकारी अधिकारीमाथि कारवाही


चीनले भ्रष्टारचारमा संलग्न भएको भन्दै ११ हजार भन्दा धेरै सरकारी अधिकारीलाई कारवाही गरेको छ । एकै महिनामा चीनले ११ हजार ३ सय ५१ जना सरकारी अधिकारीलाई कारवाही गरेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको ८ बुँदे आचारसंहिता विपरीत काम गरेको भन्दै उनीहरु कारवाहीमा परेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । उनीहरु गत अप्रिल महिनामा कारवाहीमा परेको जनाइएको छ ।उनीहरु विभिन्न ७ हजार ४ सय ४१ भ्रष्टाचारका घटनामा संलग्न रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन निरीक्षण आयोग तथा राष्ट्रिय सुपरीवेक्षण आयोगले जनाएको छ ।

उनीहरुमध्ये ७ हजार ६ सय ३ जनाले पार्टीगत अनुशासन वा प्रशासकीय जरिवाना व्यहोरेको जनाइएको छ । चीन सरकारले सन् २०१२ मा आठ बुँदे आचारसंहिता लागू गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *