५२ अर्ब कूल पुँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंक बन्यो ग्लोबल आइएमई


ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुबीच मर्जर सम्झौता भएको छ । दुई बैंकबीच बिहीबार होटल याक एण्ड यतिमा मर्जर सम्झौतामा हस्ताक्षर भएको हो ।

दुबै बैंकबीच स्वाप रेसियो १ः१ मा सहमति भएको हो । मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ ।

त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।

यसअघि वाणिज्य बैंकहरु मर्ज गरेर ग्लोबल आइमई बैंक देशकै नम्वर वान बैंक बनेको थियो । अन्य बैंकहरु मर्जरमा गएर नम्वर वानको ताज खोसिन लागेका ग्लोबल आइएमई बैंकले मर्जर सम्झौता गरेको हो। मर्जर पछि यो बैंक देशकै ठूलो बैंक बन्नेछ । यससंगै यो बैंक ५२ अर्ब कूल पुँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंक बन्ने भएको हो ।

मर्जर पश्चात् यस बैंकको कूल पुँजी ५२ अर्ब २९ करोड हुनेछ । त्यस्तै, चुक्ता पूँजी ३४ अर्ब ४१ करोड हुनेछ भने कूल निक्षेप ३८४ अर्ब, कूल कर्जा ३८० अर्ब हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *