आगामी निर्वाचन जितेर देखाउन इमरान खानको चुनौती
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शहबाज शरिफलाई आगामी निर्वाचन जितेर देखाउन चुनौती दिएका छन् ।
अल्पमतमा परेपछि पुरा कार्यकाल जिम्मेवनरी सम्हाल्न नपाई प्रधानमन्त्री पद गुमाएका खानले वर्तमान प्रधानमन्त्री सरिफलाई चुनौती दिएका हुन् ।पाकिस्तान तेहरिक ए इन्साफ (पिटीआइ) पार्टीका का अध्यक्ष समेत रहेका खानले आगामी निर्वाचनमा पनि आफ्नो पार्टीले नै बहुमत ल्याउने दाबी गरे । अहिले कायम सत्तारुढ गठबन्धनमा सहभागी दलहरुले आगामी निर्वाचन जित्नु असम्भव रहेको उनको भनाइ छ ।
आगामी निर्वाचनपछिको नतिजामा गठवन्धनका दलहरु र आफ्नो पार्टीका बीचमा ठूलो अन्तर हुने पनि पूर्व प्रधानमन्त्री खानले दाबी गरे ।
उनले वर्तमान सरकारको समेत चर्को आलोचना गर्दै आगामी निर्वाचनमा सरकारमा सहभागी सबै दललाई हराउन आम नागरिकलाई अनुरोध पनि गरे ।