अस्पतालमा भएको आक्रमणको राष्ट्रसंघद्धारा कडा निन्दा
मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले क्यामरुनको दक्षिणपश्चिमको एङ्ग्लोफोन क्षेत्रको अस्पतालमा भएको आक्रमणको कडा निन्दा गरेको छ।
स्वास्थ्यकर्मी, बिरामी र सुविधाहरूमा आक्रमणहरू अन्तरराष्ट्रिय मानव अधिकार कानूनको गम्भीर उल्लङ्घन हो क्यामरुनमा संयुक्त राष्ट्रसंघ मानवीय संयोजक मथियास नाबले एक विज्ञप्तिमा जारी गर्दै उल्लेख गरेका छन् ।‘घटनाको छानबिन हुनुपर्छ र दोषीहरूलाई कारवाही गर्नुपर्छ’ उनले गत बुधबार संदिग्ध पृथकतावादी लडाकुहरूले यस क्षेत्रको माम्फे जिल्ला अस्पतालमा आक्रमण र आगजनी गरेको आक्रमणको बारेमा टिप्पणी गरेका छन् ।
ओसीएचएका अनुसार जनवरीदेखि स्वास्थ्य सेवा प्रदायकहरू विरुद्ध कम्तीमा पाँचवटा आक्रमण भएका छन् ।