मतदाताको अमूल्य मतलाई दिमागमा राखेर जनताको सेवक बनी काम गर्न उपसभापतिको निर्देशन

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई मतदाताले दिएको अमूल्य मतलाई दिल र दिमागमा राखेर जनताको सेवक बनी काम गर्न निर्देशन दिएका छन् ।
कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले शुक्रबार बनेपामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उपसभापति खड्काले निर्वाचनको बेलामा गरेको बाचालाई सम्झेर काम गर्न आग्रह गरे ।
“पाँच वर्षपछि पुनः टिकट प्राप्त गर्नेगरी काम गर्नुस्”, उनले भने । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले जनताको बीचमा गरेको संकल्प, घोषणापत्र र प्रतिबद्धता सम्झेर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।