आफ्नै पार्टीका केही नेताहरूले मलाई बदनाम गराउन खाजे : प्रेमबहादुर आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नै पार्टीका केही नेताहरूले आफूलाई बदनाम गराउन खाजेको बताएका छन् ।
मंगलबार पशुपतिमा विश्वरूपा मन्दिर तथा सत्तल पुनर्निर्माण कार्यको क्षमापूज सहित शुभाम्भ एवं शिलान्यास कार्यक्रममा उनले आफ्नै पार्टीका केही नेताहरूले आफूले धेरै चलखेल गर्यो भनेर आफूविरुद्ध अन्तर्वार्ता दिएर बदनाम गराउन खोजेको बताएका हुन् ।
उनले आफूलाई पदको कुनै लोभ नभएको भन्दै आफू मन्त्री छाड्न तयार रहेको जिकिर गरे । आफूहरू ६ महिनाका लागि मन्त्री बनेको तर यसबीचमा दुई महिना ‘ग्रेस मार्क’ समेत पाएर आठ महिना सरकारमा बस्न पाएको भन्दै अरूलाई मौका दिँदा आफू खुसी हुने उनले बताए ।