रसियाले २ लाख बालबालिका जबरजस्ती लगेको युक्रेनको आरोप


युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले रसियाले २ लाख भन्दा बढी बालबालिकालाई जबरजस्ती लगेको दाबी गरेको छ। युक्रेन र रसियाबिच युद्ध भएको ९९ दिन पुग्दा जेलेनस्कीले रसियाले आफ्नो देशका बालबालिकालाई जबरजस्ती लगेको आरोप लगाएका हुन्।

उनले रसियाको उक्त कदमलाई ुअपराधको नीतिु भन्दै मानिसलाई अपहरण गर्नुमात्रै नभएको बताएका छन्। रसियाले बालबालिकालाई युक्रेन बिर्सिन लगाउन र फेरि फर्केर आउने वातावरण बन्द गराउने प्रयास गरेको आरोप लगाएको छ।
उनले युक्रेनमाथि रसियाले नियन्त्रण जमाउन नसक्ने भन्दै ती बालबालिकाहरु कहिलै रसियाको नहुने बताएका छन्।

युक्रेनले हालसम्म युद्धका कारण २६१ बालबलिका मारिएको जनाएको छ। ४६० जना बालबालिका घाइते भएको युक्रेनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *