यी दुई कम्पनीले पाए आईपीओ निष्कासन गर्न अनुमति


दुई कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा अनुमति पाएका छन् । सयपत्रि हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरले आईपीओ निष्कासन गर्न बोर्डबाट जेठ १८ गते अनुमति पाएका हुन् ।

सयपसत्रि हाइड्रोपावर कम्पनीले ९ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । उक्त आईपीओ पहिलो चरणमा स्थानिय बासिन्दाको लागि निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी दोस्रोमा मन्दाकिनी हाइड्रोपावरले १७ लाख ६४ हजार ११० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । यस कम्पनीले पनि पहिलो चरणमा स्थायिन बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *