जेठ २६ गतेदेखि दोर्दीखोलाले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने
दोर्दीखोला जलविद्युत कम्पनीले जेठ २६ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणलाई २१ लाख ९५ हजार ५ सय ९ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
जस मध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीलाई छुट्याईएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको २० लाख १९ हजार ८ सय ६९ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।
यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १७ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले जेठ ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।