एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता,इकोसिस्टमलाई सबल बनाउने


डिजिटल पेमेन्ट इकोसिस्टमलाई सबल बनाउने हेतुले एभरेष्ट बैंक लिमिटेडले गेटवे पेमेन्ट नेपाल प्रालि सँग सम्झौता गरेको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आउटलेटहरूमा खरिद गरिएका सामान र सेवाहरूको भुक्तानी क्यूआर मार्फत गर्न सकिने छ ।

यसका साथै भारतमा बसोबास गर्ने नेपालीहरूले सिधैं एभरेष्ट बैंकको खातामा पैसा पठाउन पनि सक्नेछन् र नेपाल भ्रमण गर्ने भारतीय पर्यटकहरूलाई नेपालमा भुक्तान गर्न पनि सहज हुनेछ । भारतको पञ्जाब नेशनल बैंकसँगको संयुक्त लगानीमा संचालित एभरेष्ट बैंकका हाल लाखौं ग्राहक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *