कारागारभित्रको आत्महत्या प्रकरणमा छानबिन गर्न समिति गठन


गृह मन्त्रालयले यही जेठ ४ गते कारागार कार्यालय रोल्पाका बन्दी सुन्दर हरिजनको आत्महत्या घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

कारागार व्यवस्थापन विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको गृह मन्त्रालयले  शनिबार एक सूचना जारी गरी जनाएको छ ।

मन्त्रालयले उक्त घटना कसरी घटेको हो र सो सम्बन्धमा के कसो भएको हो भनी स्थलगत रूपमा अध्ययन, अनुसन्धान र छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न समितिलाई निर्देश गरेको छ । समितिको प्रतिवेदनपश्चात् घटनाको सत्यतथ्य उजागर हुने र भविष्यमा यस्ता घटना हुन नदिन सुधारका उपाय अवलम्बन गरिने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *