ओलीलाई प्रचण्डको जवाफ,आरोप-प्रत्यारोप र घृणा फैल्याउनु जायज होइन्


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुपष्कमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोस व्यक्त गरेका छन् । शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले मान्छेको टाउको काटेर हत्याराको रुपमा जेल गएको होइन भन्दा के हुन्छ, जायज हुन्छ भन्दै प्रश्न गरेका छन् ।

तत्कालीन सरकार–माओवादी युद्धका क्रममा माओवादीले मान्छेलाई बोरामा हालेको, जनतालाई धम्क्याउने तथा तर्साउने काम गरेको भन्दै ओलीले घृणा फैलाएको प्रचण्डले बताएका छन् ।

शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि परिस्थिति अर्कै भइसकेको अवस्थामा आरोप प्रत्यारोप र घृणा फैल्याउनु जायज नहुने उनको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *