युक्रेनका राष्ट्रपति र फिनल्याण्डकी प्रधानमन्त्रीबीच महत्वपूर्ण भेटवार्ता


युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र फिनल्याण्डकी प्रधानमन्त्री सान मारिनबीच भेटवार्ता भएको छ ।

युक्रेन भ्रमणमा रहेकी मारिनले जेलेनेस्कीलाई युक्रेनको राजधानी किभमा भेटवार्ता गरेकी हुन् ।भेटवार्ताका क्रममा उनीहरूले युरोपेली मुलुकहरुको आपसी सम्बन्ध र सहकार्यका बारेमा छलफल गरेको जनाइएको छ ।

राष्ट्रपति जेलेनेस्कीको सचिवालयले दिएको जानकारी अनुसार उनीहरूले युद्धपछि यूक्रेनलाई चाहिएको सहयोग, त्यसका लागि आवश्यक कामहरुका बारेमा कुराकानी गरेका थिए ।

सो अवसरमा आर्थिक, सुरक्षा र मानवीयता सम्वन्धी सहयोगहरु उपलब्ध गराएकोमा यूक्रेनका राष्ट्रपति जेलेनेस्कीले फिनल्याण्डकी प्रधानमन्त्रीलाई धन्यवाद पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *