महान खेलाडी डिएगो म्यारोडोनाको स्मृतिमा विमान संग्रहालय स्थापना


अर्जेन्टिनाका सर्वकालिन महान खेलाडी डिएगो म्याराडोनाको स्मृतिमा एक विमान अनावरण गरिएको छ ।

यसै वर्ष कतारमा हुने विश्वकपअघि अर्जेन्टिनाको एक कम्पनीले म्याराडोनाको सम्झनामा हवाइजहाज सार्वजनिक गरेको हो ।ट्यांगो डी१०एस १२ सिटे जहाजलाई अर्जेन्टाइन फिनटेक कम्पनीले पूर्व विश्वकप विजेता म्याराडोनाको स्मृतिमा विमान संग्रहालय बनाएको हो।

सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका म्याराडोनाको सन् २०२० को नोभेम्बरमा ह्रदयघातका कारण निधन भएको थियो ।

ट्यांगो डी१०एसमा म्याराडोनाको संग्राहलय बनाइएको छ । जसमा म्याराडोनसँग सम्बन्धित वस्तुहरु राखिएको छ ।

विमानको बाहिरी आवरणमा म्याराडोनाले विश्वकपको उपाधि चुमिरहेको तस्विर राखिएको छ । विमानको पछाडीको भागमा पनि म्याराडोनाको अनुहार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *