इन्धनको मूल्यवृद्धिमाथि छलफल माग गर्दै संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता


नेकपा (एमाले)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विषयमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ । मंगलबार संसद् सचिवालयमा उक्त प्रस्ताव दर्ता गराइएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

“जनताको ढाड सेक्ने गरी प्रचलित नियम, कानुन, निर्देशिकाविपरीत अनेकन् विकल्प हुँदाहुँदै पनि बदनियतपूर्वक गरिएको मूल्यवृद्धिको विषयमा प्रतिनिधिसभामा व्यापक छलफल गर्ने गरी यो प्रस्ताव दर्ता गरिएको हो,” उनले भने ।

भट्टराई प्रस्तावक रहेको प्रस्तावमा एमाले सांसद यज्ञराज सुनुवार, गणेश पहाडी र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन समर्थक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *