राजस्व चुहावटको आरोपमा पाँच जना विरुद्ध १९ करोड बढीको मुद्दा दायर
राजस्व अनुसन्धान विभागले पाँचजना विरुद्ध राजस्व छली गरेको आरोपमा मुद्दा दायर गरेको छ । विभागले राजकिशोर सिंह कुशवाहा, पुस्करकुमार सिंह, भविचन महातो कोइरी, श्रीराम ठाकुर र जटाशैकर जैसवालविरुद्ध विगो सहित १९ करोड ६९ लाख ६३ हजार १६८ रुपैयाँ राजस्व छली गरको आरोप लगाएको छ ।
विभागले उच्च अदालतमा पाटनमा दयार गरेको उक्त मुद्दामा निरज ट्रेडसाएण्ड सलार्सा र राज ट्रेडसा कम्पनी मार्फत राजस्व छली गरेको देखिएको विभागले जनाएको छ । भारतीय चिनी अवैध रूपमा चोरी पैठारी गरी मालवस्तु तथा ढुवानी गर्दा सक्कल कागजातमा रिेका वववरण २८ पटकसम्म सच्याई मालबस्तु राजस्व छल्ने मनासाय अनुसार विवरण विगारेको विभागले आरोप लगाएको छ ।