काभ्रे पाँचखालको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवारको अग्रता
काभ्रेको पाँचखाल नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार महेश खरेलले अग्रता लिएका छन्।
वडा नम्बर १० सम्मको मतगणना सकिँदा खरेलले ९ हजार ९३७ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका कञ्चन अधिकारीले ६ हजार ४७ मत प्राप्त गरेर पछ्याइरहेका छन्। उपप्रमुखमा नेकपा माओवादी केन्द्रका चेतप्रसाद गौतमले ७ हजार १५८ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेकी सूर्यमाया दनुवारले ६ हजार ९५१ मत प्राप्त गरेकी छन्।