धरान उपमहानगरमा मतगणना सुरु गर्न सर्वदलीय बैठक सुरु
सुनसरीको धरानमा सर्वदलीय बैठक सुरु भएको छ । धरान उपमहानगरपालिकामा विवाद भएपछि बुधबार दिउँसो २ बजेदेखि मतगणना स्थगित छ ।
बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिए पनि बल्ल सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु गर्ने तयारी भएको सुनसरीका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।