गोर्खाज फाइनान्सको साधारण सभा जेठ २७ मा


गोर्खाज फाइनान्स लिमिटेडले जेठ २७ गते सत्ताइसौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले अनुपम फुडल्याण्ड एण्ड व्याङक्वेट, बत्तिसपुतली, काठमाडौंमा विहान ११ः३० बजे सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

साथै सञ्चालक समितिमा रित्त हुन गएको संस्थापक शेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ सञ्चालक बाँकी कार्यकालका लागि नियुक्ती गरिएको विषयलाई पनि सभा मार्फत स्वीकृति प्रदान गरिनेछ । सञ्चालक समितिले नियुक्त गरेको स्वतन्त्र सञ्चालकको जानकारी समेत सभामा गराउने कार्यक्रम समेत कम्पनीले तय गरेको छ । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् ।

साधारण सभा प्रयोजनका लागि जेठ १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *