जेठमा ब्याजदर नबढाउने बैंकहरुबीच सहमति
वाणिज्य बैंकहरुले जेठ महिनाको लागि ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स संघको मंगलबार बसेको कार्यसमितिको बैठकले जेठ महिनाको लागि ब्याज दर नबढाउने सहमति गरेको हो ।
फागुन महिनाको लागि ब्याज बढाएका बैंकहरुले त्यस यता चैत्र र बैशाखको लागि ब्याजदर स्थिर राखेका थिए । अब जेठमा पनि ब्याज नबढ्ने भएको हो ।
केहि दिन अगाडी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रम मै ब्याजदर बढ्नु पर्ने बताएका थिए ।
ब्याजदर बढ्नु पर्ने अभिव्यक्ति दिएका उनको चर्को आलोचना भएको थियो । उनले ब्याज बढ्नु पर्ने बताए पनि बैंकहरुले भने ब्याजदर नबढाउने भएका हुन् । यद्यपि उनले पोलिसी रेटको कुरा गरेका थिए ।