चुनावी सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको मृत्यु भएका २० लाख क्षतिपूर्ति


चुनावी सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको मृत्यु भएका सरकारले २० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले बताएका छन्।वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि सरकारले यस्तो निर्णय गरेको हो। सरकारले मतदानलाई शान्तिपूर्ण बनाउन खटिने सुरक्षाकर्मीहरुको मनोबल उच्च राख्दै उनीहरुलाई सरकारले पूर्ण सहयोग गर्ने निर्णय पनि गरेको छ।

सरकारले निर्वाचनको पाँच दिन रहँदा सबै क्षेत्रमा सुरक्षाको व्यवस्था मिलाइसकेको छ। निर्वाचनका लागि सरकारले नेपाल प्रहरी ,शशस्त्र प्रहरी र आवश्यक स्थानमा नेपाली सेनालाई समेत परिचालन गर्न नीति बनाएको छ।

निर्वाचनमा खटिएका म्यादी प्रहरीको समेत मृत्यु भएमा उनको परिवारले २० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन्। त्यसैगरी, निर्वाचनमा खटिएका बेला घाइते भएका नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिष्य अनुसन्धान विभाग र म्यादी प्रहरीको उपचार खर्च नेपाल सरकारले ब्यहोर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *