चीनले रुसबाट अत्यन्त सस्तो मूल्यमा कोइला आयात गरिरहेको खुलासा


युक्रेनमा जारी रुसी आक्रमणको फाइदा उठाउँदै चीनले रुसबाट अत्यन्त सस्तो मूल्यमा कोइला आयात गरिरहेको खुलासा भएको छ ।

जापान तथा पश्चिमा मुलुकहरूले रुसमाथि प्रतिबन्ध लगाएका कारण चीनले मौकाको फाइदा उठाएको जनाइएको छ ।गत मार्च महिनामा मात्रै चीनले रुसबाट ३ लाख २१ हजार ३ सय ८० टन लिक्विफाइड न्याचुरल ग्यास ९एलएनजी० आयात गरेको थियो

गत वर्षको मार्च महिनामा पनि चीनले लगभग यतिकै परिमाणमा रुसबाट ग्यास आयात गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यद्यपि सोही अवधिमा भने रुसबाट चीनतर्फ कोइलाको आयात ह्वात्तै बढेको बताइएको छ । एएनआईका अनुसार गत वर्षको मार्च महिनामा चीनले रुसबाट ५ लाख ९० हजार टन कोइला आयात गरेको थियो ।

तर, यो वर्षको मार्च महिनामा रुसबाट चीनतर्फ हुने कोइलाको आयात बढेर १४ लाख टन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *