जेठ ७ गते हुंदैछ नेपाल बङ्गलादेश बैंकको विशेष साधारण सभा


नेपाल बङ्गलादेश बैंक लिमिटेडले जेठ ७ गते विशेष साधारण सभा बोलाएको छ । बैंकको वैशाख २२ गतेको सञ्चालक समितिको बैठकले भर्चुअल माध्यमबाट विहान ११ बजे विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले यस बैंकलाई नबिल बैंक लिमिटेडले प्राप्ति गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ ।

प्राप्ति प्रयोजनका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त लक्षित संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन बमोजिम सिफारिस गरिएको शेयर आदान प्रदान अनुपातलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । व्यावसायिक अवसरहरु, व्यवसायको प्रतिष्ठा, कर्मचारीहरुको योग्यता, क्षमता, दक्षता तथा कार्यकुशलता, बजार उपस्थिति, मुनाफा वितरणको इतिहास, पछिल्लो शेयर बजार मूल्य समेतको विषयका आधारमा नेपाल बङ्गलादेश बैंक लिमिटेडको १०० कित्ता शेयर बराबर नबिल बैंकको ४३ कित्ता शेयर आदान प्रदान गर्ने सहमति बैंकहरुविच भएको छ ।

विशेष साधारण सभा प्रयोजनका लागि बैंकले वैशाख ३० गते एक दिन बुक क्लोजको मिति तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *