रारा हाईड्रोपावरको १२ लाख कित्ता आइपीओ आउँदै
रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १२ लाख कित्ता सेयर निष्काशन गर्नको लागि निष्काशन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।बुधवार मेगा क्यापिटल मार्केट्स लिमिटेड त्रिपुरेश्वरमा एक कार्यक्रमका बिच कम्पनीले मेगा क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौता पत्रमा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका तर्फबाट संचालक शंकर लाल बैद्य तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।