स्थानीय निर्वाचनको मतदान केन्द्रमा कोरोना विरुद्धको खोप पनि लगाइने


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन मतदानस्थलमा कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

मन्त्रालयले मतदान केन्द्रनजिक नै खोप केन्द्र स्थापना गरी कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको हो ।मन्त्रालयले बुधबाु गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। सङ्गीता कौशल मिश्राले वैशाख ३० गते मतदान केन्द्रनजिक खोप केन्द्र स्थापना गरी खोप लगाउन छुटेकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने बताइन् ।

उनका अनुसार मतदान गरिसकेपछि १८ वर्षभन्दा माथिका पहिलो, दोस्रो र बुस्टर डोज प्रदान गरिनेछ । खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन बाँकी रहेकालाई मतदान गर्न जाँदा खोप कार्ड लिएर जानसमेत अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *