ठूलो सपना देखाउँदिन, व्यवस्थित र सफा काठमाडौँ मेरो लक्ष्य हुन् : सिर्जना सिंह

महनगरवासीलाई आफूले ठुला सपना नदेखाउने नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिका प्रमुख पदको प्रत्यासी सिर्जना सिंहले महनगरवासीलाई आफूले ठुला सपना नदेखाउने बताएकी छिन्।
शंकरदेव क्याम्पसका पूर्व विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू व्यवस्थित र सफा काठमाडौं बनाउन लाग्ने बताएकी हुन्। सिर्जना उक्त क्याम्पसकी पूर्व विद्यार्थी हुन्। उनले क्याम्पसको विकासका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन्।
महानगर विकसित शहर भए पनि अव्यवस्थित रहेको भन्दै उनले समस्याहरु धेरै भएको र अब समाधानको बाटो खोज्न पर्नेमा जोड दिइन्।
झभ्रष्टाचार मुक्त काठमाडौं बनाउने हो। डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो,’ सिंहले भनिन, आय न्यून भएका महिला दिदीबहिनीहरुलाई राहतको व्यवस्था गर्दे स्वरोजगारको व्यवस्था गराउने छु।’ उनले खाली जग्गामा पार्क बनाउने र व्यापारिक महल बनाउने काम बन्द गर्ने भन्दै ३२ वडामा स्वास्थ प्रबन्धन केन्द्र र जेष्ठ नागरिक भवन बनाउने समेत बताइन्।