विश्वभर खाद्य संकट आउने जेलेन्स्कीको चेतावनी


युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो मुलुकमा जारी रुसी आक्रमणका कारण विश्वभर खाद्य संकट आउने चेतावनी दिएका छन् ।

अष्ट्रेलियन टेलिभिजनको ६० मिनेट्स कार्यक्रममा बोल्दै राष्ट्रपति जेलेन्स्कीले विश्वभर खाद्य संकट आउने चेतावनी दिएका हुन् । उनले कृष्ण सागरमा रहेका युक्रेनी बन्दरगाहमा रुसी फौजले नाकाबन्दी लगाएका कारण युक्रेनले करोडौं टन अन्न गुमाएको समेत बताए । यसकारण युरोप, एसिया र अफ्रिका प्रभावित हुने उनको चेतावनी छ ।

‘रुसले पानीजहाजलाई आउन पनि दिँदैन, जान पनि दिँदैन, यसले अहिले कृष्ण सागर कब्जा गरेको छ ।’ जेलेन्स्कीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *