प्रतिगमनविरुद्ध नयाँ संकल्प लिन प्रचण्डको आह्वान


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिन भएको बताएका छन्।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै प्रचण्डले सबै श्रमजीवि जनसमुदाय, सच्चा कम्युनिष्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधरहरुलाई आजको दिन प्रतिगमनविरुद्ध नयाँ संकल्प लिन आग्रह गरेका हुन्।

शुभकामना सन्देशमार्फत् प्रचण्डले आगामी दिनमा श्रमजीवि वर्गले स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि नेतृत्वदायी भूमिका खेल्न सकोस् भनेर शुभकामना पनि दिएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *