प्रचण्डलाई कांग्रेसमै प्रवेश गर्न ईश्वर पोखरेलको सुझाव

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसमै प्रवेश गर्न सुझाव दिएका छन् ।
माओवादी केन्द्रले स्थानीय चुनावमा कांग्रेसकै घोषणापत्र बोकेर हिँडिरहेको भन्दै उनले कांग्रेसमै समाहित हुन सुझाव दिएका हुन् ।‘माओवादीसँग चुनावी एजेण्डा छैन । कांग्रेसको घोषणापत्र बोकेर हिँडिरहेको छ,’ उनले भने, ‘अब कांग्रेसमै छिरे हुन्छ । हामी सामना गर्न तयार छौं ।’
उनले चुनाव सार्न सत्ता गठबन्धनले प्रयास गरे पनि एमालेले त्यसो हुन नदिएको दाबी गरे ।