बैङ्क तथा वित्तीय संस्थाको विद्युतीय कारोबारमा प्रगति
कोभिड-१९ महामारीले उद्योग व्यापार लगायतका आर्थिक तथा सामाजिक गतिविधिलाई नकारात्मक असर गरे पनि बैङ्क तथा वित्तीय संस्थाको विद्युतीय कारोबारलाई विस्तार गर्न सहयोग गरेको छ ।
कोरोना सङ्क्रमणको समयमा बैङ्क तथा वित्तीय संस्थामै पुगेर कारोबार गर्न अप्ठ्यारो परेका कारण सेवाग्राही विद्युतीय कारोबारतर्फ आकर्षित र अभ्यस्त भएको पाइएको हो।
यसकै कारण एक वर्षको अवधिमा विद्युतीय कारोबार झन्डै चार गुणाले बढेको छ । कोरोना महामारीकै बेला चम्किएका क्यूआर, वालेट, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस,आईपीएस,आरटीजीएस, इलेक्ट्रोनिक चेक क्लियरिङ, ई–कमर्स, पीओएसलगायतका माध्यमले यतिबेला कारोबार बढाएका छन् ।