प्रतितोला १२ सयले बढ्यो सुन,चाँदी भने स्थिर


नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार छापावाला सुन आज प्रतितोला १२ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

छापावाल सुन बिहिबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ ।

आज तेजाबी सुन प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोवार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *