बैशाख २१ देखि एनएमबि बैंकले ३ अर्ब ५० करोडको ऋणपत्र निष्काशन गर्ने
एनएमबि बैंकले बैशाख २१ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १५ वर्ष अवधि तथा वार्षिक ४ प्रतिशत ब्याज भएको एनएमबी उर्जा ऋणपत्र निष्काशन गर्ने भएको हो ।
बैंकले प्रति कित्ता १ हजार अंकित दरले ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जस मध्ये २१ लाख कित्ता निजि तबरबाट र १४ लाख कित्ता सर्वसाधारको लागि बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको १४ लाख कित्ता मध्ये ७० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ ।
यस ऋणपत्रमा छिटोमा बैशाख २५ गतेसम्म र सो समयसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम १४ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।