महानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेसलाई सकस,यो तालमेलको साइड इफेक्ट त होइन् ?


प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक निष्कर्षबिहीन भएको छ। आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाका लागि उम्मेदवार छनोटको विषयलाई लिएर बसेको बैठकमा नेताहरुबिच सहमति जुट्न नसकेको हो।

बैठकमा काठमाडौं महानगरपालिकाको प्रमुखमा श्रृजना सिंहको नाममा सहमति जुटे पनि अन्य महानगरको विषयमा सहमति जुट्न नसकेको बताइएको छ। ६ महानगर र ११ उपमहानगरको उम्मेदवार टुंगो नलाग्दा कार्यसम्पादन समितिको बैठक अनिश्चित बन्दै गएको छ।

शीर्ष नेताहरुबिच बालुवाटारमा सहमति जुट्न नसकेपछि शनिबारको लागि बोलाइएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको थियो ।

कार्यसम्पादन समितिको बैठक शुक्रवार बोलाइएको थियो। तर शुक्रवार बैठक बस्न नसकेपछि शनिबार बिहान ११ बजे बस्ने भनिएको थियो। हिजो शनिबार बिहानैदेखि शीर्ष नेताहरु बालुवाटारमा छलफलमा जुट्दा समितिको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो। शीर्ष नेताहरुबचि सहमति नजुटेपछि शनिबारको बैठक पनि स्थगित गरिएको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जनाकारी दिएका थिए।

नेपाली का‌ँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतवार पनि बस्दैछ ।

विवादका कारण कार्यसम्पादन समितिको बैठक शुक्रबारदेखि पटक पटक सारिँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *