महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाउन एमालेको बैठक बस्दै
स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकाको उम्मेद्वार टुंगो लगाउन एमालेको बैठक बस्दैछ। बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने तय भएको छ।
बैठकमा स्थानीय निर्वाचनसम्बन्धी आवश्यक निर्णयसमेत लिइने एमालेले जनायो। स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेद्वारका बारेमा निर्णय गर्न र निर्वाचनसम्बन्धी आवश्यक निर्णय लिन नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक आज ३ बजे अध्यक्ष निवास, बालकोटमा बस्दैछ, एमालेले जारी गरेको सूचनामा भनिएको छ।