आजबाट भौतिक उपस्थितिमै सुरु हुँदै एसईई,कोरोनाले २ वर्ष अबरोध


माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट सुरु हुने एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।

विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन सकेको थिएन । यस पटक एसईई भौतिक रुपमै हुन लागेको हो । दुई वर्ष आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई एसईई पास गराइएको थियो ।एसईई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरिएको छ ।

बोर्डका अनुसार यस वर्षको एसईईमा ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी हुँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *