प्रतितोला १५ सयले घट्यो सुन,चाँदीको मूल्यमा पनि गिरावट


नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले घटेर १ लाख ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।छापावाल सुन मंगलबार प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख १ सय रुपैयाँमा कारोवार भईरहेको महासंघले जानकारी दिएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *