कांग्रेसको प्रदेश समन्वय समिति गठन, महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्ने


नेपाली कांग्रेसले प्रदेश समन्वय समिति गठन गरेको छ ।स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निणर्यअनुसार स्थानीय तहको निर्वाचन अभियानलाई प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा प्रदेश डेस्कु स्थापना गरिएको कांग्रेसले जनाएको छ ।

सातवटै प्रदेश डेक्ससँग केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्नेगरी सहमहामन्त्रीहरूलाई प्रदेश डेक्सको संयोजक तोकेका छन् । सहमहामन्त्री उमाकान्त चौधरीले कुनै जिम्मेवारी पाएका छैनन्

।१। प्रदेश नम्बर १ – सहमहामन्त्री जीवन परियार
२। मधेश प्रदेश – सहमहामन्त्री भीष्मराज आङ्दम्वे
३। वाग्मती प्रदेश – सहमहामन्त्री फरमूल्लाह मंसुर
४। गण्डकी प्रदेश – सहमहामन्त्री महालक्ष्मी उपाध्याय “डिना”
५। लुम्विनी प्रदेश – सहमहामन्त्री महेन्द्र यादव
६। कर्णाली प्रदेश – सहमहामन्त्री बद्री पाण्डे
७। सुदुरपश्चिम प्रदेश – सहमहामन्त्री किशोरसिंह राठौर

Leave a Reply

Your email address will not be published. Required fields are marked *