काठमाडौँ उपत्यकाका सडकबाट ५५ बालबालिकाको उद्धार


काठमाडौँ उपत्यकाबाट ५५ जना सडक बालबालिकाको उद्धार गरिएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद बालबालिका खोजतलास समन्वय केन्द्रको समन्वयमा प्रहरीले उनीहरूको उद्धार गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौँले नगर प्रहरी कार्यालय तथा प्रहरी बृत्तहरूबाट संयुक्त रूपमा प्रहरी परिचालन गरी सडक पेटीमा बसी माग्दै हिँड्ने बालबालिकाको उद्धार गरेको हो ।

ती बालबालिकाले सडक यात्रुहरूसँग माग्दै हैरानी दिनुका साथै आवागमनमा समेत अवरोध पुर्‍याउँदै आएका थिए । ३३ बालक र २२ बालिका गरी ५५ जनाको उद्धार गरी बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *