‘नेगेटिभ सर्किट’मा सेयर बजार


काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा नेगेटिभ सर्किट लागेर कारोबार समय बाँकी छदै आइतबारको कारोबार स्थगित भएको छ ।नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि साढे २ नबज्दै सेयर कारोबार स्थगन गरिएको हो ।

११ बजेदेखि ३ बजेसम्म हुने कारोबारमा कारोबार खुलको पहिलो घण्टामा ४ प्रतिशतले बजार तलमाथि भए सर्किट ब्रेक लाग्ने र २० मिनेका लागि कारोबार स्थगन हुने व्यवस्था छ ।
पहिलो घण्टा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशत र तेस्रो घण्टा ६ प्रतिशतले घटबढ भएमा सर्किट ब्रेक लाग्ने नियम छ । आइतबार सर्किट ब्रेक लाग्भदासम्म नेप्से परिसूचक ३ दशमलव ३४ अंकले घटेर १९३२ दशमलव ११ अंकमा झरेको छ ।
८ हजार ८ सय ५८ कारोबारबाट १९७ कम्पनीका १ करोड ५४ लाख ९० हजार कित्ता सेयर किनबेच भएको छ । जसअनुसार कारोबार रकम ७ अर्ब २० करोड ९१ लाख ८० हजार भन्दा धेरै भएको छ ।
‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ५१ अंकले घटेको छ । कारोबार रकम भने ७ अर्ब नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *