परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट हुनुपर्छ: पुष्पकमल दाहाल


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मास्‍ने र परिवर्तन उल्ट्याउन खोज्‍नेहरूविरुद्ध एकजुट हुनुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा नेकपा एमाले नुवाकोटका नेता माधव पाण्डेलगायतलाई माओवादीमा प्रवेश गराउँदै प्रचण्डले यसअघि पनि संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षडयन्त्र भएको भन्दै परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट हुनुपर्ने बताएका हुन् ।उनले देश र विकासको नेतृत्व गर्ने माओवादी नै भएको दाबी गरे । देशका मधेशी, थारु, आदिवासीलगायत सबै समुदायको पहिचान र अधिकार माओवादीकै कारण प्राप्त भएको प्रचण्डले बताए ।

कार्यक्रममा मधेश र सुदूरपश्चिम क्षेत्रका विभिन्न दलमा आबद्ध नेता तथा कार्यकर्ताहरूलाई पनि माओवादीमा प्रवेश गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *