समयमै स्थानीय निर्वाचन गर्ने तयारी अन्तिम चरणमा : निर्वाचन आयोग


निर्वाचन आयोगले निर्वाचनका विषयमा अन्योल सिर्जना गर्ने खालका अभिव्यक्ति नदिन राजनीतिक दलका नेता लगायत सरोकारवाला सबैलाई आग्रह गरेको छ ।

निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्ने तयारी तीव्र रूपमा अन्तिम चरणमा पुगेकाले निर्वाचनबारे संशय पैदा गर्ने ढंगबाट राजनीतिक दलका नेता तथा कार्यकर्ताबाट आएका अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण भएको नियमित पत्रकार भेटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

उनले निर्वाचन आचारसंहिता उल्लंघनका घटनाको आयोगले निगरानी गरिरहेको र उल्लंघन गर्नेमाथि आवश्यक कारवाहीका लागि अनुसन्धान गर्न पत्राचार गर्ने र बुझ्ने काम भइरहेको जानकारी दिए ।

यसैबीच, आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये बिहीवारसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार मतपत्र छपाई सम्पन्न भएको छ । हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ कार्य भइरहेको जानकारी दिइयो ।

स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि १५ दिनको समय दिई पर्यवेक्षण अनुमतिका लागि गत चैत १३ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएकामा सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *