नेता र ठूला व्यापारीले घरमा पैसा लुकाउँदा आर्थिक संकट
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेता र काला व्यापारीले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले वीरगन्जमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
कमिसन र भ्रष्टाचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले नेताले घरमै थन्क्याउँदा यस्तो अवस्था आएको उनले बताए ।