सुर्के थैलीमा लुकाई राखेको एक किलो ४२२ ग्राम चरेससहित एक पक्राउ


शुक्लाफाँटा नगरपालिका-६ कसरौलबाट प्रहरीले आइतबार एक किलो ४२२ किलोग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार चरेससहित पक्राउ पर्नेमा दार्चुला मार्मा गाउँपालिका–२ का २६ वर्षीय मानराम धामीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका धामीबाट प्रहरीले से४प ९५११ नम्बरको पल्सर मोटरसाइलसमेत बरामद गरेको छ । मोटरसाइकलमा जाँदै गरेका धामीमाथि शङ्का लागि जाँच गर्दा सुर्के थैलीभित्र कालो प्लास्टिकमा पोका पारेर लुकाइराखको अवस्थामा चरेस बरामद भएको प्रहरी नायब उपरीक्षक शाहको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *