ओलीको अनुउपस्थितिमै नेकपा सचिवालय बैठक सुरु
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक सुरू भएको छ। बैठकअघि शीर्ष नेताबीच अनौपचारिक छलफल हुन सक्ने भनिए पनि कुनै सहमति र पूर्वतयारीविना शुरु भएको छ ।केन्द्रीय कार्यालय धुम्बाराहीमा कडा सुरक्षाघेराबीच सुरु भएको बैठकमा अध्यक्ष ओली सहभागी भएका छैन् ।
बैठकमा अनुपस्थित हुनुको कारण सानो हललाई बनाइएको छ । हल सानो भएकाले कोरोनाको संक्रमण उच्च भएको भन्दै प्रधानमन्त्री बैठकमा उपस्थित नभएको ओली समूहका एक नेताले बताएका छन् । बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्तावहरू पेश हुनेछन्।
बैठकको माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित ५ नेताले लेखेको पत्र, त्यसको जवाफमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको पत्र र प्रचण्डको पत्र समेत बैठकमा पेस हुनेछ।