सबै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्दै सरकार


सरकारले मेडिकल क्षेत्रलाई व्यवस्थित गर्न भन्दै सातैवटा प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ ।

सबै प्रदेशमा मेडिकल स्थापनाका लागि सरकारले तयारी थालेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार सातवटै प्रदेशहरूमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव मन्त्रिपरिषद्सम्म पुगेको छ ।

खर्बौं रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको भन्दै सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालयले जापान, अस्ट्रेलिया, बंगलादेश, चीन र भारतमा मेडिकल शिक्षा पढ्न जाने विद्यार्थीहरूले वार्षिक रूपमा करिब १ खर्ब ९७ अर्ब खर्च गर्ने गरेको जनाएको छ । सातवटै प्रदेशमा सरकारी मेडिकल स्थापना गर्न सकेमा सो रकम स्वदेशमै रहने भएकाले पनि मेडिकल कलेज स्थापना गर्नु आवश्यक देखिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *