समयमै काम नसक्ने यी ६ ठेकदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ६ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।समयमै आपूर्ति नगरेको तथा समयमै काम सम्पन्न नगरेको भन्दै ती कम्पनीहरूलाई कार्यालयले कालोसूचीमा राखेको सोमवार सूचना जारी गर्दै कार्यालयले जानकारी दिएको छ ।कार्यालयले नेपाल विद्युत प्राधिकरणको सिफारिसमा टीबीईए इनर्जी (इन्डिया) प्रालि र पीपी इन्डस्ट्रिज प्रालिलाई संयुक्त रूपमा ३ वर्षका लागि कालोसूचीमा राखेको छ ।
यस्तै चिराग कन्ट्रक्सन, कर्णाली विल्डर्स, फैजल एन्ड अफजल कन्ट्रक्सन, कुशलदेव निर्माण सेवा र तितुङ कन्ट्रक्सन प्रालिलाई १र१ वर्षका लागि कालोसूचीमा राखिएको छ ।