पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या समाधान गर्न निर्देशन


प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिए ।

आपूर्ति सचिव डा गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका महासचिव विश्व अर्याललाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन।

उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदानचाहँदै कठोर हुनुपर्ने अवस्था आउन सक्नेतर्फसमेत सचेत गराए । व्यवसायीहरूले पेट्रोलियम पदार्थ बेचे–नबेचेको अनुगमन गर्न कार्यवाहक प्रधानमन्त्रीले आफूहरूलाई निर्देशन दिएको र आफूहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौँको सहयोगमा अनुगमन गरेको निगमका कार्यवाहक महानिर्देशक गोइतले जानकारी दिए ।

उनका अनुसार कावा प्रधानमन्त्री खाँणको निर्देशनअनुरूप उपत्यकाका २० बढी पम्पहरूमा अनुगमन गरिएको र केहीले बेचेको तथा केहीले नबेचेको फेला परेको पनि उनले जानकारी दिए । आइतबार थानकोटको डिपो खुला हुने भएकाले तेल ल्याएर बिक्री गर्ने कागज बनाएर छाडेको पनि उनले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *