समृद्धि फाइनान्सले निष्काशन गरेको हकप्रद बाँडफाँड


समृद्धि फाइनान्स ले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । बिकी प्रबन्धक बिओके क्यापिटलले हिजो बुधबार शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार हकप्रदमा रितपुर्वक आवेदन दिएकालाई १७ लाख ८९ हजार २ सय ३९ कित्ता शेयर बाँडफाँड गरिएको छ ।

आफ्नो हक भन्दा बढी हकप्रद शेयरको निमित्त आवेदन गरी बाँडफाँटमा नपरेका शेयरधनीहरुको शेयर वापतको रकम फिर्ता भुक्तानी २०७८/१२/२० गते आईतबारदेखि आवेदकले आफ्नो आवेदन फाराममा उल्लेख गरेको बैंक/वित्तीय संस्थाको खातामा आईपीएस मार्फत सिधै रकमान्तर गरिने क्यापिटलले जनाएको छ।

कम्पनीले हकप्रदमा बिक्रि नभएको शेयर लिलाम गर्ने छ । कम्पनीले फागुन ८ गतेदेखि २:१ अनुपात अर्थात् ५० प्रतिशतको दरले हुन आउने २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गरेको थियो ।

फाईनान्सले हकप्रद निष्काशनको लागि पुस ११ बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउन सक्ने ब्यबस्था थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *