आफ्नो सरकारले गरेका कामहरू लिएर जनतामा जान ओलीको निर्देशन
एमाले अध्यक्ष केपी ओली ले कुनै द्विविधा नलिईकनै स्थानीय तहको निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको प्रतिबद्धता पत्र तयारी भर्चुअल कार्यशालामा बुधबार ओलीले यस्तो निर्देशन दिएका हुन् ।
ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरूले गरेका गौरवपूर्ण काम लिएर जनतामा जान निर्देशन दिए । एमाले एक पार्टी र अरु सबै एक पार्टी भएकाले कुनै द्विविधा विना निर्वाचनमा होमिन पनि उनले निर्देशन दिए ।
स्थानीय तहको निर्वाचन प्रतिबद्धता(पत्र तयारी कार्यशालालाई सम्बोधन गर्दै उनले भने गठबन्धन उहाँहरूको छनोट होइन, बाध्यता हो । बाघ देख्यो भने हरिण कुद्छ । यो हरिणको कुनै छनोट होइन, बाध्यता हो । नत्र त बाघले खाइहाल्छ ।
एमालेलाई अगाडि देखेपछि गठबन्धन गर्नुपरेन त रु तर, यसले हामीलाई फरक पार्दैन । दिनदिनै हजारौं मानिसले एमालेमा प्रवेश गरिरहनुभएको छ । हाम्रो विजय सुननिश्तित छ।’